Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २५ आइतबार
  • Sunday, 09 August, 2020
२०७६ पौष १३ आइतबार ०८:१६:००
अर्थ

वार्षिकोत्सवमा सिद्धार्थको रक्तदान

२०७६ पौष १३ आइतबार ०८:१६:००

सिद्धार्थ बैंकले १७औँ वार्षिकोत्सवका अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । काठमाडौं, विराटनगर, पोखरा, भरतपुर, बुटवल, धनगढी र नेपालगन्जमा आयोजित कार्यक्रममा ३ सय ४२ जनाले रक्तदान गरेको बैंकले जनाएको छ । 

बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित कार्यक्रममा कर्मचारी, बैंक व्यवस्थापन सदस्य एवं सर्वसाधारणले रक्तदान गरेका थिए । वार्षिकोत्सवकै अवसरमा दमक, जनकपुर र हेटौँडामा समेत रक्तदान तथा विभिन्न सामाजिक काम गरिने बैंकले जानकारी दिएको छ ।

विगत १७ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हाल देशभर १ सय ७६ शाखा, १ सय १ शाखारहित बैंकिङ सेवा, १ सय ९७ एटिएम तथा १ हजार ६ सयभन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।