Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष १३ आइतबार ०७:४२:००
Read Time : < 1 मिनेट
समाचार

एमबिबिएस दोस्रो वर्षको परीक्षा बहिष्कार

Read Time : < 1 मिनेट
२०७६ पौष १३ आइतबार ०७:४२:००

चितवन मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस दोस्रो वर्षको परीक्षा बहिष्कार गरेका छन् । कलेज प्रशासनले आन्दोलनरत सबै विषय र वर्षका विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगरेपछि विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन् ।

शुक्रबारबाट सुरु भएको परीक्षा बहिष्कार गरेको चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत विद्यार्थी मान्यता थापाले बताइन् । उनले अरू वर्षका विद्यार्थीले समेत परीक्षा बहिष्कार गर्ने तयारी रहेको जानकारी दिइन् । विद्यार्थीहरू गत मंसिरमा सञ्चालन भएको एमबिबिएस पहिलो वर्षको परीक्षामा समेत सहभागी भएनन् । २१ पुसबाट सञ्चालन हुने नर्सिङ तेस्रो वर्षको परीक्षासमेत बहिष्कार गर्ने विद्यार्थीको तयारी छ । ‘सिएमसीमा आठ संकायका विद्यार्थीले आन्दोलन गरेका छन् । एमबिबिएस र बिडिएस विद्यार्थीको दुई वर्षको अतिरिक्त शुल्क मिलाएर मात्र आन्दोलन रोक्न सकिँदैन,’ थापाले भनिन् ।

बिडिएस तेस्रो वर्षका विद्यार्थी छिने लामाले आफूहरूले पनि परीक्षा बहिष्कार गर्ने बताए । ०७२/०७३ र ०७३/०७४ मा भर्ना भएका विद्यार्थीका बारेमा निर्णय गर्न चिकित्सा शिक्षा आयोगलाई जिम्मा दिनु र बिडिएसका आन्तरिक माग कलेजले पूरा नगरेकाले परीक्षामा सहभागी नहुने उनको भनाइ छ । उनले भने, ‘तीन महिना आन्दोलन गर्‍यौँ, केही नपाएपछि कसरी परीक्षामा सहभागी हुनु ?’ सरकारले मेडिकल कलेज सञ्चालकसँग गरेको सहमतिले थप अन्याय भएको भन्दै आन्दोलनरत चिकित्सा शिक्षाका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको वार्षिक परीक्षा बहिष्कार गरेका थिए । चितवन, युनिभर्सल, नेसनल, जानकी र पोखरा मेडिकल कलेजका विद्यार्थीले मंसिरमा सञ्चालित एमबिबिएस प्रथम वर्षको परीक्षा बहिष्कार गरेका हुन् ।