काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको गाडि दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । बा ३ ख ३०३८ नम्बरको उक्त गाडि शुक्रबार बिहान तिनपिप्लेबाट पाँच सय मिटर अगाडि ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको ओखरपौवा प्रहरी चौकीका असइ राजु केसीले जानकारी दिए । मृत्यु हुनेमा चालक माइला लामा र सहचालक कमल तामाङ छन् ।