मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष ११ शुक्रबार ०६:४५:००
Read Time : < 1 मिनेट
समाचार

एक सातामा १५ हजार सवारीचालक कारबाहीमा

Read Time : < 1 मिनेट
२०७६ पौष ११ शुक्रबार ०६:४५:००

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एक सातामा १५ हजार चार सय ४४ सवारीचालकलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक महाशाखाले १ देखि ८ पुससम्म ट्राफिक नियम उल्लंघन गर्ने १५ हजारभन्दा बढी सवारीचालकलाई कारबाही गरेको हो । 

महाशाखाका प्रवक्ता एसपी  जीवनकुमार श्रेष्ठका अनुसार ट्राफिक प्रहरीको विशेष मोबाइल चेकिङ तथा कारबाही अभियानका क्रममा उनीहरू कारबाहीमा परेका हुन् । ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउने, ट्राफिक नियमको पालना गराउने र कानुन कार्यान्वयन गराउने उद्देश्यले विशेष मोबाइल अभियान सञ्चालन गरेको प्रवक्ता श्रेष्ठले बताए । चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन ०४९ अन्तर्गत कारबाही गरिएको माहाशाखाले जनाएको छ । 

कारबाहीमा परेकामध्ये सबैभन्दा धेरै  ढोका खुला राखेर सवारीसाधन चलाउने चालक छन् । ढोका खुला राखेर चलाउने एक हजार २२ सवारीचालक कारबाहीमा परेका छन् ।अनधिकृत पार्किङ गर्ने नौ सय ५०, हर्न बजाउने पाँच सय, मादकपदार्थ सेवन गरी सवारी चलाउने सात सय ९०, लेन अनुशासन पालना नगर्ने सात सय ९९, जथाभावी यात्रु ओराल्ने र चढाउने ६ सय ७० चालक कारबाहीमा परेका छन् ।

साथै, एकतर्फी सडकमा सवारीसाधन चलाउने एक सय ८९, जथाभावी सवारी मोड्ने २ सय २९, बढी भाडा लिने ट्याक्सीचालक दुई सय ४४, क्षमताभन्दा बढी यात्रु चढाउने २८ सार्वजनिक यातायात, सिसिटिभी  निगरानीका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने पाँच सय २९ चालकलाई कारबाही गरेको माहशाखाले जानकारी दिएको छ ।