मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ पौष १० बिहीबार १०:४०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मार्सल आर्टस्को नयाँ विधा हाप्किडो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ पौष १० बिहीबार १०:४०:००

हाप्किडो कोरियन मार्सल आर्टस् हो । यो खेल नेपालमा नौलो भए पनि परिवेशसुहाउँछो छ । यसले आत्मरक्षाको शैली सिकाउँछ । मार्सल आर्टस्का अन्य विधा शरीरका अंगमै केन्द्रित रहँदा यसले आधुनिक हतियार, पेस्तोल, लाठी, चक्कु, डोरी आदिको माध्यमबाट कसरी आत्मरक्षा गर्ने भनेर पनि सिकाउँछ । समग्रमा हाप्किडोले छोटो दूरी तथा लामो दूरीबाट आक्रमण गर्ने शत्रुबाट बच्न तथा शत्रुसँग लड्ने कला सिकाउँछ । नेपालमा महिलाहिंसाका घटना बढ्दै गएको अवस्थामा हाप्किडो खेलको महत्व अझ बढेको छ ।

महिलाहरूले हाप्किडो खेल सिकेमा त्यस्ता सम्भावित घटनाबाट आफ्नो सुरक्षा आफैँ गर्न सक्षम हुनेछन् । बालबालिकालाई हाप्किडो सिकाउँदा उनीहरूको मानसिक र शारीरिक वृद्धिविकासमा सकारात्मक सहयोग पुग्छ । यो खेलमा तेक्वान्दो, कराते, बक्सिङ, जुडो आदिको कला समावेश गरिएको छ । 

हामीले २०७३ सालमा राष्ट्रिय संघ गठन गरेका थियौँ, अहिले यही खेलको विस्तारमा जुटेका छौँ । यो खेललाई उपत्यकाभित्र मात्रै होइन, गाउँ–गाउँसम्म पु¥याउने कोसिस गरिरहेका छौँ । छोटो समयमै हामीले हाप्किडोलाई ४० जिल्लामा बिस्तार गरिसकेका छौँ । हामीले दुई महिनाअघि मात्रै रोल्पामा हाप्किडोको राष्ट्रिय प्रतियोगिताको आयोजना ग¥यौँ । माघको ११ र १२ गते पोखरामा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गर्दै छौँ । जहाँ नेपालसहित अमेरिका, अस्ट्रिया, रसिया, दक्षिण कोरियालगायत २५ देशका ग्रान्डमास्टर, मास्टर खेलाडी तथा अफिसियलको उपस्थिति रहनेछ ।

यहाँ ग्रान्डमास्टरसहितका प्रशिक्षकले विदेशीसहित नेपाली सहभागीलाई प्रशिक्षण दिनेछन् । आगामी दिनमा हाप्किडो खेललाई अझ व्यापक बनाउन हामी नियमित प्रतियोगिता र आवश्यकताअनुसार सेमिनार आयोजना गर्नेछौँ ।