मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ पौष १० बिहीबार ०७:३८:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता

दुवै अध्यक्षले मलाई नै सभामुख बन्न प्रस्ताव गरिसक्नुभयो : सुवास नेम्वाङ

Read Time : < 1 मिनेट
२०७६ पौष १० बिहीबार ०७:३८:००

तपाईं सभामुखको दाबेदार हो कि होइन ? 
मैले त्यसलाई व्यक्तिगत दाबी वा टिप्पणी गर्ने विषय होइन । त्यो सम्बन्धित दलको संसद्को विषय हो । सम्बन्धित दलले नै यसलाई छिटो टुंगोमा पुर्‍याउँदा उपयुक्त हुन्छ ।
 
यसको मतलब दलले टुंगो नलगाएसम्म तपाईं सभामुखको दाबेदार होइन ? 
मैले अघिल्लो प्रश्नमै भनिसकेँ । यो मेरो व्यक्तिगत दाबीको प्रश्नै होइन, संसद्ले नै टुंगो लगाउने गम्भीर विषय हो । अब बन्ने सभामुखले राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेता, संसद्मा रहेका सबै राजनीतिक दललाई एक ठाउँमा उभ्याउने काम गर्नुपर्छ । त्यस्तो गर्न सक्ने कुनै पनि साथीलाई संसद्ले सभामुख चयन गरोस् भन्ने मेरो धारणा हो । 
 
यसको अर्थ जो सभामुख हुँदा पनि तपाईंलाई स्वीकार्य छ ?
त्यसमा त कुनै विवाद छैन नि । यो वा त्योभन्दा पनि उपयुक्त व्यक्ति जो बन्दा पनि हुन्छ भन्ने मेरो धारणा हो ।
 
तर, बाहिर त तपाईं नै प्रधानमन्त्रीको रोजाइमा परेको चर्चा छ नि ? 
मलाई प्रधानमन्त्रीले मात्र होइन, कमरेड प्रचण्डले पनि तपाईं नै सभामुख हुनुपर्छ भनिसक्नुभएको छ । त्यस्तै, संसद्मा रहेका सम्पूर्ण दलका नेताले पनि तपाईं नै हुनुपर्छ भनिरहनुभएको छ । त्यसकारण प्रधानमन्त्रीले मात्र भन्नुभयो भन्ने त प्रश्नै रहेन नि ।