मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ३० सोमबार १५:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारविरुद्ध आन्दोलनमा जान्छौं : सिपी गजुरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३० सोमबार १५:२५:००

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । मोर्चाका अध्यक्ष सिपी गजुरेलले सरकार जनविरोधी र राष्ट्रघाती रहेको आरोप लगाउँदै विरोधमा जनआन्दोलन गर्ने चेतावनी दिएका हुन् । 


सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारलाई हटाउन आन्दोलनको विकल्प नरहेको बताए । मोर्चाले सरकारविरुद्ध आगामी ७ फागुनबाट ‘मेची महाकाली जागरण अभियान’ संचालन गर्ने घोषणा गरेको छ ।

अध्यक्ष गजुरेलले जनताले विकल्प खोजेकाले वर्तमान सरकारलाई हटाउन आन्दोलनको बाटो रोज्नु परेको स्पष्ट पारे । संसदमा दुई तिहाई बहुमतमा रहेको वर्तमान सरकारलाई हटाउन आन्दोलन एक मात्रै विकल्प भएको उल्लेख गर्दै उनले त्यसमा साथ दिन आग्रह गरे ।