१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ८ मंगलबार २१:०६:००
Read Time : < 1 मिनेट
खेलकुद

कारबाहीमा परेका फुटबल खेलाडीको प्रतिबन्ध घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ८ मंगलबार २१:०६:००

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ । एन्फाको अनुशासन समितिले मंगलबार विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने निर्णय गरेको हो ।

विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन ‘नाइट क्लब’मा गएको भन्दै अनुशासन समितिले विमल र दिनेशलाई ९० दिनको तथा सन्तोष र अञ्जनमाथि ४५ दिनको प्रतिबन्ध लगाएको थियो । उनीहरुमाथिको प्रतिबन्धको समय कात्तिक ३० गतेदेखि गणना गरिने एन्फाले निर्णय गरेको छ । चारै जना आवद्ध क्लबले प्रतिबन्धको समय घटाउन एन्फालाई गुहारेका थिए ।

एन्फाले चारै खेलाडीलाई ५० हजार जरिवानासमेत गरेको थियो । प्रतिबन्धपछि उनीहरुले नेपालमा आयोजना गरिएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) गुमाएका थिए । अञ्जन र सन्तोषको निलम्बन पुस १५ गतेदेखि तथा विमल र दिनेशको निलम्बन माघ ३० गतेदेखि फुकुवा हुने एन्फाले जनाएको छ ।