मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष ८ मंगलबार १८:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ओभरटेक गरेको भन्दै युवकको हत्या गर्ने चार जना पूर्पक्षका लागि थुनामा 

Read Time : < 1 मिनेट
२०७६ पौष ८ मंगलबार १८:३७:००

मोटरसाइकल ओभरटेक गरेको विवादमा युवकको हत्या गरेको आरोपमा पक्राउ परेको चार जनालाई जिल्ला अदालत कञ्चनपुरले मंगलबार पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । महाकाली नगरपालिका–३ दोधाराचाँदनीका २२ वर्षीय दीपक पन्तले ओभरटेक गरेको निहुँमा मोटरसाइकलमा आएका केही युवाले कुटपिट गर्दा मृत्यु भएको थियो ।

जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले अभियोग पत्रसहित अदालत पेश गरिएका भीमदत्त नगरपालिका-४ गोबरैयाका २२ वर्षीय मनिस नाथ, भीमदत्त नगरपालिका–१५ गोबरैयाका २२ वर्षीय बिनोद बोहरा, भीमदत्त नगरपालिका-१५ गोबरैयाका २२ वर्षीय गणेश लुहार र रविन सिंहलाई जेल चलान गर्ने आदेश दिएको हो । 

जिल्ला आदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची १ अन्तर्गत मुलुकी अपराध संहिता ०७४ को परिच्छेद १२ अन्तर्गत ‘ज्यान सम्बन्धी कसुर’ मुद्दामा उनीहरुलाई जेल चलान गरिएको बताए । घरबाट महेन्द्रनगर जाँदै गरेका पन्तलाई १२ मंसिरमा भीमदत्त नगरपालिका–१८ गोबरैयामा चक्कु र हेलमेटले कुटपिट गरी हत्या गरेको अभियोग उनीहरुमाथि थियो । प्रहरीका अनुसार पक्राउ परेका चार जनााले नै हत्या गरेको स्वीकार गरेका थिए ।