१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष ८ मंगलबार ०८:४३:००
Read Time : < 1 मिनेट
अर्थ

भ्रमण वर्षलाई सघाउन पर्यटनमन्त्री भट्टराईको आह्वान 

Read Time : < 1 मिनेट
२०७६ पौष ८ मंगलबार ०८:४३:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बैंकर्स तथा वित्तीय संस्थाका प्रमुखहरूलाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउनका सक्रिय साथ र सहभागिताका लागि आह्वान गरेका छन् ।

सरकारले पर्यटन उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै ‘नेपाल भ्रमण वर्ष–२०२०’ ले पर्यटन उद्योगको नयाँ आधार तयार पार्ने मन्त्री भट्टराईले बताए । मन्त्री भट्टराईले लगानीको स्रोत जुटाउने निकाय वित्तीय संस्था भएकाले पर्यटनसँग प्रत्यक्ष जोडिने संस्थाहरूले भ्रमण वर्षमा सघाउनुनर्पेमा जोड दिएका हुन् । 

सोमबार भ्रमण वर्षको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलका क्रममा मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल शान्ति, समृद्धि र स्थायित्व बाटोमा लागेको सन्देश दिने बताए ।