मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष ७ सोमबार १३:०९:००
Read Time : > 4 मिनेट
सेयर बजार

सामान्य अंकले बढेको बजारमा शिवम् सिमेन्टको पछाडि लगानीकर्ता

३७ करोडभन्दा बढीको कारोबार

Read Time : > 4 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष ७ सोमबार १३:०९:००

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १ दशमलव १७ अंक बढेर बन्द भएको छ ।  कारोबार सुरु भएको  १५ मिनेटपछि बढेर १२ हजार १ सय ६१ बिन्दुसम्म पुगेको बजार सोपछि बीचमा उतारचढाबमा रहेन पनि अन्त्यमा सामान्य अंकले वृद्धि भएर बन्द भएको छ । बजार दुई महिनाअघिको १ हजार १ सय ४९ दशमलव ४० बिन्दुमा सर्पोट पाएर माथि गएकाले प्राविधिकबाट हेर्दा बजार बढ्ने अनुमान गर्न सकिन्छ । यस दिन ३७ करोड ४४ लाखको सेयर कारोबार भएको छ । 

 कारोबार भएका १२ उपसमूहको परिसूचकमा ६ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । बैंकिङ, बिमा, वित्त, जलविद्युत् र व्यापार समूह घटेका छन् भने होटेल, विकास बैंक, उत्पादनमूलक, अन्य, लघुवित्त र म्युचुअल फन्ड घटेका छन् । 

मैनबत्ती विश्लेषण
आइतबारको कारोबारबाट सेतो मैनबत्ती बनेको छ । यसले सोमबार बजार थोरै वृद्धि हुने संकेत गर्छ । बिहीबारको कारोबारबाट कालो सामान्य डोजी आकृति बनेको थियो । त्यसले आइतबार बजार अन्योल रहने संकेत गरेअनुसार आइतबार अन्योलमा नै रहन पुग्यो । 

परिसूचकमा उतारचढाब
१ हजार १ सय ४९ दशमलव ६२ बिन्दुबाट सुरु भएको परिसूचक १ हजार १ सय ५१ दशमलव २९ बिन्दुसम्म पुगेर १ हजार १ सय ४७ दशमलव ६७ बिन्दुसम्म ओर्लिएको थियो । अन्त्यमा १ हजार १ सय ५० दशमलव ८१ बिन्दुमा बन्द भएको छ । 

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २५ अंक घटेर २ सय ५१ दशमलव ५९ बिन्दुमा बन्द भएको छ । यसले बजारमा राम्रा कम्पनीको सेयर मूल्य घटेको संकेत गर्छ । 

यस दिन कुल १ सय ६७ कम्पनीको सेयर किनबेचमा ६८ वटाको मूल्य बढेको छ भने ८० वटाको घटेको छ । १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेको एडी (एड्भान्स डिक्लाइन) अनुपात शून्य दशमलव ८५ प्रतिशतका आधारमा हेर्दा यस दिन बजार बियरिस प्रवृत्तिमा देखिएको छ । १४ दिने आरएसआई इन्डेक्सको ५७ दशमलव ७३ स्केलमा नेप्से छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सामान्य रहेको संकेत गर्छ । 

आइतबार नेप्सेको उच्च, न्यूनतम र बन्द बिन्दुबाट निकालिएको पिभट बिन्दु १ हजार १ सय ४९ दशमलव ९२ छ । यस दिनको बजार बन्द बिन्दु १ हजार १ सय ५० दशमलव १ छ । पिभट बिन्दुभन्दा बजार बन्द बिन्दु माथि रहेकाले आइतबार परिसूचक बढ्ने संकेत गर्छ । आइतबारको बन्द बिन्दुबाट घटेमा १ हजार १ सय ४ दशमलव ५६ बिन्दुमा पहिलो टेवा पाउने र बढेमा १ हजार १ सय ५२ दशमलव १८ बिन्दुमा पहिलो प्रतिरोध पाउने देखिन्छ । 

तीन कम्पनीको मूल्यमा सर्किट, शिवम् सिमेन्टको कारोबार अग्रस्थानमा
आइतबार शिवम् सिमेन्टको कारोबार रकम अग्रस्थामा रहेको छ भने मूल्य पनि ९ दशमलव ७६ प्रतिशतले बढेको छ । कम्पनीको ४ करोड ७६ लाखबराबरको सेयर कारोबार भएको छ । सेयर मूल्य बढेर प्रतिकित्ता ४ सय १६ रुपैयाँ कायम भएको छ । दोस्रोमा पाँचथर पावर कम्पनीको सेयर मूल्य ९ दशमलव ६१ प्रतिशत बढेर प्रतिकित्ता १ सय १४ रुपैयाँ पुगेको छ । 

नेप्सेमा कारोबार फुकुवा भएदेखि सकारात्मक रहेको नेपाल फाइनान्सको सेयर मूल्य यस दिन नकारात्क भएको छ । कम्पनीको सेयर मूल्य ९ दशमलव ८१ प्रतिशत घटेर १ सय ४७ कायम भएको छ । दोस्रोमा अरुण काबेलीको ६ दशमलव ६६ प्रतिशत घटेको छ ।

किसान माइक्रोफाइनान्सले लाभांश संशोधन गर्दै बोलायो सभा
किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश संशोधन गर्दै साताँै वार्षिक साधारणसभा २६ पुसमा बोलाएको छ । कम्पनीले २४ प्रतिशत बोनस सेयर र १ दशमलव १४ प्रतिशत नगद लाभांशलाई संशोधन गर्दै २३ दशमलव ९५ प्रतिशत बोनस सेयरको प्रस्ताव गर्दै सभा बोलाइएको हो । बोनस सेयरमा लाग्ने कर भने लगानीकर्ता आफँैले तिनुपर्ने हुन्छ । कम्पनीले बोनस सेयर वितरणपछि शतप्रतिशत हकप्रद सेयर गर्ने प्रस्ताव सभामा लैजाँदै छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले १५ पुसदेखि २१ सम्म बुक क्लोज गर्दैछ । १४ पुससम्म कायम सेयरधनीले लाभांश र सभामा भाग लिन पाउनेछन् । 

नेपाल राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले प्रस्ताव गरेको लाभांशलाई संशोधन गरेको जानकारी दिएको । सभाले सर्वसाधारण समूहबाट दुईजना सञ्चालकको निर्वाचनसमेत गर्नेछ ।

३१ प्रतिशत लाभांश पारित गर्न महुली लघुवित्तको सभा आह्वान 
महुली लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर र करको लागि ११ दशमलव ५८ प्रतिशत नगद लाभांश पारित पुस २६ गते सातौँ वार्षिक साधारणसभा बोलाएकोे छ । कम्पनीले सभा संस्थाको केन्द्रीय कार्यालय, सप्तरीमा सभा गर्न लागेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १० करोड २० लाखको आधारमा लाभांश दिन लागेको हो । १४ पुसदेखि २६ सम्म बुक क्लोज गर्ने भएकाले लाभांश पाउन र सभामा भाग लिन १३ पुससम्म सेयरधनी बन्नुपर्ने हुन्छ । कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी विषय सञ्चालक समितिलाई दिने भएको छ । 

गण्डकी विकासले नगद लाभांश दिने
गण्डकी विकास बैंकले १७ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको २ पुसमा बसेको सञ्चालक समितिको बैठकले सो लाभांश दिने निर्णय गरेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी २ अर्ब ७५ करोड छ । कम्पनीले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात् वितरण गर्नेछ ।

३० प्रतिशत नगद पारित गर्न नेपाल ल्युब आयलले बोलायो सभा
नेपाल ल्युब आयल लिमिटेडले ३० प्रतिशत नगद लाभांश पारित गर्न २३पुसमा २८औँ वार्षिक साधारणसभा बोलाएको छ । सो सभा याक प्यालेस पुल्चोक ललितपुरमा बिहान साढे ११ बजे सुरु हुनेछ । साथै सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने र लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले १० पुसदेखि २३ सम्म सेयरधनी दर्ता किताब बन्द गर्ने लागेको छ । नेप्सेमा ९ पुससम्म कारोबार भई कायम सेयरधनीले साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

युनाइटेड मोदी हाइड्रोपावरले नगद पारित गर्न बोलायो सभा
युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले ८ दशमलव ४२ प्रतिशत नगद लाभांश पारित गर्न सभा बोलाएको छ । कम्पनीले २४ पुसमा छैटौँ वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले ११ पुसदेखि १५ सम्म सेयरधनी दर्ता किताब बन्द गर्न लागेकाले सभामा भाग लिन र लाभांश पाउन १० पुससम्म सेयर सदस्य कायम हुनुपर्नेछ ।

कुमारी बैंकको ऋणपत्र १४ पुसदेखि आवेदन 
कुमारी बैंक लिमिटेडले १४ पुसदेखि १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको छ । बैंकको ३० लाख कित्ता ऋणपत्र छिटोमा १७ पुस तथा ढिलोमा १४ माघसम्म आवेदन दिन सकिनेछ । 

३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि र बाँकी  १ अर्ब ८० करोड रुपैयाँबराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगततवरबाट बिक्री खुला गर्न लागेको हो । प्रतिऋणपत्र मूल्य १००० तोकिएको छ । यो १० वर्षे ऋणपत्र ०८६ मा परिपक्व हुन्छ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतमा १२ लाख कित्तासम्म र सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । ऋणपत्रलाई केयर रेटिङ नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलबिबिबी प्लस’ रेटिङ प्रदान गरेको छ । ऋणपत्रको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड छ । 

मिर्मिरे लघुवित्तले नवौँ सभा २८ पुुुसमा बोलायो 
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौँ वार्षिक साधारणसभा २८ पुसमा बोलाएको छ । कम्पनीले ४५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने करका लागि २ दशमलव ३६ प्रतिशत नगद लाभांश पारित गर्न सेयरधनी बोलाएको हो । कम्पनीको सभाले संस्थापकमा चारजना र सर्वसाधारणमा २ जना सञ्चालकको निर्वाचन गर्नेेछ । कम्पनीले ‘घ’ वर्गको अन्य कम्पनीसँग मर्जर तथा प्राप्तिको कार्य गर्न सञ्चालकलाई अख्तियारी दिने । सभाका लागि १८ पुसदेखि २८ सम्म सेयरधनी दर्ता किताब  बन्द हुने भएकाले लाभांश बुक गर्न १७ पुससम्म सेयर सदस्य कायम हुनुपर्नेछ । 

युनाइटेड फाइनान्सको २५औँ सभा २९ पुसमा
युनाइटेड फाइनान्स कम्पनी लिमिटेडले २५औँ वार्षिक साधारणसभा २५ पुसमा बोलाएको छ । कम्पनीले ३ प्रतिशत बोनस सेयर र करका लागि ७ दशमलव ५२ प्रतिशत नगद लाभांश पारित गर्न सेयरधनी बोलाएको हो । कम्पनीको सभाले भारत, कोची  स्थित मुतुट फाइनान्सबाट सञ्चालकमा १ जनाको प्रतिनिधित्व रहनेबाहेक संस्थापकमा तीनजना सर्वसाधारणमा दुईजनाको निर्वाचन गर्नेछ । कम्पनीले अन्य कम्पनीसँग मर्जर तथा प्राप्तिको विषय सञ्चालक समितिलाई दिएको छ । सभाका लागि ९ पुसदेखि २९ सम्म सेयरधनी दर्ता किताब बन्द हुनेछ । सभामा भाग लिन र लाभांश बुक गर्न ८ पुससम्म सेयर सदस्य बन्नुपर्नेछ ।