मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनीष खड्का
२०७५ पौष ३० सोमबार ११:२२:००
Read Time : < 1 मिनेट
प्रदेश

कर्णाली प्रदेशमा रुकुम प्रहरी उत्कृष्ट 

Read Time : < 1 मिनेट
मनीष खड्का
२०७५ पौष ३० सोमबार ११:२२:००

कर्णाली प्रदेशमा रुकुम पश्चिम प्रहरी कार्यालय मंसिरमा उत्कृष्ट भएको छ । प्रदेश प्रहरी कार्यालयले रुकुम पश्चिमलाई उत्कृष्ट घोषणा गरेको हो । शान्ति सुरक्षा तथा कार्यसम्पादनलाई ध्यानमा राखेर प्रदेश प्रहरी कार्यालयले कात्तिकदेखि प्रत्येक महिना उत्कृष्ट प्रहरी कार्यालय घोषणा गर्दै आएको छ । शान्ति सुरक्षा तथा अनुसन्धानमा थप प्रोत्साहन दिने उद्देश्यले कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले प्रत्येक महिना उत्कृष्ट प्रहरी कार्यालय घोषणा गर्न सुरु गरेका हुन् । 

प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट जिल्लालाई नगद पुरस्कार समेत प्रदान गर्ने व्यवस्था गरेको छ । यसपटक उत्कृष्ट जिल्लाको पुरस्कार रुकुमले पाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताए । यसअघि कात्तिकमा सुर्खेत र सल्यान उत्कृष्ट बनेका थिए । 

अनुसन्धानमा ९३ प्रतिशत सफल
रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयले अनुसन्धानमा ९३ प्रतिशत सफल भएको जनाएको छ । गत तीन महिनामा जिल्लामा भएका आपराधिक घटनाको अनुसन्धानमा ९३ प्रतिशत सफलता मिलेको हो । यो अवधिमा ३२ वटा आपराधिक घटनामा दुई घटनामा अनुसन्धान चलिरहेको र ३० घटनामा सफलता मिलेको डिएसपी खड्काले बताए । 

यो अवधिमा आपराधिक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५३ जनालाई पक्राउ गरेको छ । अधिकांश पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।