मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी न्युयोर्क
२०७६ पौष ७ सोमबार १२:४४:००
Read Time : < 1 मिनेट
विश्व

ट्रम्पमाथिको महाभियोग प्रस्ताव पक्षपातपूर्ण : रिपब्लिकन

Read Time : < 1 मिनेट
एजेन्सी न्युयोर्क
२०७६ पौष ७ सोमबार १२:४४:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले पारित गरेको महाभियोग प्रस्ताव पक्षपातपूर्ण भएको रिपब्लिकन पार्टीले बताएको छ । डेमोक्रेटिक पार्टीको पहलमा ल्याइएको सो प्रस्ताव अमेरिकाको राजनीतिक इतिहासमा नै धेरै हतारमा ल्याइएको रिपब्लिकन पार्टीको भनाइ छ । 

रिपब्लिकन नेताहरूले पनि राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्तावको विरोध गरेका छन् । तर, डेमोक्रेटका नेताहरूले प्रस्तावको बचाउ गरिरहेका छन् । माथिल्लो सदन सिनेटका रिपब्लिकन नेता मिच मक्कनलले राष्ट्रपतिमाथि राजनीतिक प्रतिशोध लिन महाभियोग प्रस्ताव ल्याइएको बताएका छन् ।

प्रस्तावमाथि बुधबार भएको मतदानमा महाभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो । ४३५ सदस्य रहेको तल्लो सदनमा महाभियोग पारित हुनका लागि सामान्य बहुमत अर्थात् २१६ मत आवश्यक थियो । तल्लो सदनबाट पारित भएको महाभियोग प्रस्ताव माथिल्लो सदन सिनेटबाट पारित भएपछि मात्र उनीमाथि महाभियोग लाग्नेछ । त्यस्तो अवस्थामा उनी स्वतः पदमुक्त हुनेछन् । 

डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा महाभियोग सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन् । यसअघि डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बनेका एन्ड्रयु जोनसनले पनि महाभियोग सामना गरेका थिए । महाभियोग प्रस्ताव अमेरिकी संविधानअनुसार सदनमार्फत राष्ट्रपतिलाई हटाउने संवैधानिक माध्यम हो । तर, अमेरिकी माथिल्लो सदनले पारित गरेपछि मात्र यो प्रस्ताव लागू हुनेछ ।

ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित भए पनि माथिल्लो सदन सिनेटबाट पारित हुन सहज छैन । सिनेटमा ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत छ ।

सय सदस्यीय सिनेटमा रिपब्लिकनका ५३ सांसद छन् । महाभियोग लाग्न तल्लो सदनबाट पारित प्रस्तावलाई सिनेटका दुईतिहाइ सदस्य अर्थात् ६७ जनाले मतदान गर्नुपर्नेछ । तसर्थ ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि डेमोक्रेटिकका अतिरिक्त केही रिपब्लिकन सांसदले पनि मतदान गर्नुपर्छ, जुन असम्भव देखिन्छ ।