मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका कास्की
२०७६ पौष ७ सोमबार १२:०३:००
Read Time : < 1 मिनेट
प्रदेश

सुदूरपश्चिम प्रदेश सभा सदस्यको टोली पोखरामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कास्की
२०७६ पौष ७ सोमबार १२:०३:००

आपसमा अनुभव साटासाट गर्ने  उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सभा सदस्यको एक टोली पोखरा आएको छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ नेतृत्वको १७ सदस्यीय टोली आइतबार पोखरा आएको हो । एक साता लामो भ्रमण र अध्ययनमा निस्किएको टोली प्रतिनिधि सभा, राष्ट्रिय सभासहित प्रदेश १, ३, ५ पुगेर पोखरा आएको हो ।

अध्ययन भ्रमणका क्रममा प्रदेश सभाले गरेका काम र सभा सदस्यले लिएको अनुभव साटासाट भएको जनाइएको छ । टोलीलाई गण्डकी प्रदेश सभाका उपसभामुख श्रृजना शर्माले स्वागत गरेकी थिइन् । संघीयता कार्यान्वयनसँगै संसदीय अभ्यास सम्बन्धमा भइरहेका अनुभव, काम–कारबाहीलगातयमा विषयमा समेत छलफल एवं अन्तत्र्रिmया भएको उपसभामुख शर्माले जानकारी दिइन् । यसैगरी, तामाङले पनि अन्य प्रदेश सभामा जस्तै सुदूरपश्चिम प्रदेशमा कानुन निर्माणले गति लिएको बताइन् ।