निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे क्रममा रूख नकाट्न सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले निर्माणधिन दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न आदेश दिएको हो ।
गत मंगलबार रञ्जु हजुर पाँडे क्षेत्रीसहित ९ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । निजगढ विमानस्थलका लागि चार/पाँच सयभन्दा पुराना रुख रहेको जंगल विनाश हुनुका साथै वनक्षेत्रलाई क्रंक्रिटमा परिणत गर्ने गरी भएको सरकारी निर्णय बदर गर्न माग गरिएको थियो ।