१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष ६ आइतबार १३:२२:००
Read Time : < 1 मिनेट
प्रदेश

लमजुङको दुधपोखरीमा सेनाको स्वाथ्य शिविर 

Read Time : < 1 मिनेट
२०७६ पौष ६ आइतबार १३:२२:००

दुधपोखरी गाउँपालिका २ विचौरको वागेश्वरी माविमा शनिबार नेपाली सेनाको श्रीजङ गणले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरबाट चार सय २६ जनाले सेवा लिएका छन् । 
स्वास्थ्य पहुँचबाट पिछडिएको ठाउँमा शिविर सञ्चालन भएपछि स्थानीय खुसी भएका छन् । शिविरमा हाडजोर्नी, स्त्रीरोग, नसा, नाक, कान घाटी, ल्याव परीक्षण, परामर्श, दाँत एवं आँखा सम्बन्धि जाँच तथा उपचार सेवा प्रदान गरीएको थियो ।

शिविरमा बिशेषज्ञसहित ३५ जना डाक्टरहरुले सेवा प्रदान गरेको जिल्ला सामुदायिक अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । शिविर एचडीसीएस लमजुङ जिल्ला सामुदायिक अस्पताल, पुरानो मेडिकल कलेज चितवन, स्वास्थ्य कार्यलय लमजुङ, जिल्ला आखाँ उपचार केन्द्र लमजुङको प्राविधिक सहयोग र लमजुङ सेवा समिति हङकङको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा तीन लाख रुपैयाँ बढीको औषधि वितरण गरीएको प्रमुख श्रेष्ठले बताए ।