मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष ५ शनिबार ०९:१९:००
Read Time : < 1 मिनेट
अर्थ

आर्थिक वृद्धिका लागि सबै तहका सरकारको समन्वय आवश्यक

Read Time : < 1 मिनेट
२०७६ पौष ५ शनिबार ०९:१९:००

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक क्रियाकलापलाई गति दिन, रोजगारीको सिर्जना गर्न र देशमा उद्यमशीलताको वातावरण बनाउन स्थानीयस्तरदेखि प्रदेश तथा केन्द्र सरकारको समन्वयकारी भूमिका आवश्यक रहेको औँल्याएका छन् । त्यसका लागि निजी क्षेत्रको संरक्षण र संवर्द्धन गर्नुपर्ने उनको भनाइ छ । 

स्याङ्जामा शुक्रबारदेखि सुरु भएको ‘गण्डकी प्रदेशस्तरीय स्याङ्जा महोत्सव’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष ढकालले महासंघ साना र मध्यम खालका व्यवसायीको हित संरक्षणमा सक्रिय रहेको पनि बताए । स्थानीय व्यवसायीहरूले महासंघ कमजोर भएको र स्थानीयस्तरका साना व्यवसायीहरूको हकहितका कुरालाई केन्द्र सरकारसमक्ष ‘लबिङ’ गर्न नसकेको भनी गरेको गुनासोपछि उपाध्यक्ष ढकालले यस्तो बताएका हुन । 

उपाध्यक्ष ढकालले स्थानीयस्तरमा हुने मेला, महोत्सवको आयोजनामा महासंघको महत्वपूर्ण भूमिका हुने बताए । उनले अबदेखि यस्ता मेला महोत्सवहरूको आयोजना गर्ने काम नेपाल उद्योग वाणिज्य महासंघ र यसमातहत संघ, संस्थाहरूलाई मात्र दिनुपर्ने प्रावधानका लागि सम्बन्धित सबै प्रदेश सरकार तथा संघीय सरकारसमक्ष महासंघका तर्फबाट पहल गरिने बताए ।

ढकालले भने, ‘यस प्रयोजनका लागि म नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्वको हैसियतले संघीय सरकारसँग कुरा गर्नुपर्ने आवश्यक सबै पहल गर्नेछु ।’ १६ पुससम्म सञ्चालन हुने महोत्सवमा ३ लाख ५० हजारले अवलोकन गर्ने र ८ करोडको व्यापार हुने अनुमान आयोजकको छ ।