१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष ४ शुक्रबार १९:२९:००
Read Time : < 1 मिनेट
समाचार

सवारी दुर्घटना न्यूनीकरण गर्न योजना बनाएर अघि बढेका छौं : मन्त्री नेम्बाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष ४ शुक्रबार १९:२९:००

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न योजना बनाएरै अघि बढेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा आफ्नो धारण राख्ने क्रममा यस्तो बताएका हुन् ।

मन्त्री नेम्वाङले सडक दुर्घटनाप्रति राष्ट्रपतिबाट संवेदनशीलता व्यक्त भएको र प्रधानमन्त्रीले निर्देशन दिएको समेत बताए । ‘सम्माननीय राष्ट्रपति ज्यूले समेत चासो देखाउनुभएको छ,’ उनले भने, ‘यसलाई निराकरण गरेर अघि जानको निम्ती सिंगो सरकार सम्माननीय प्रधानमन्त्रीबाट ठोस उपयुक्त र आवशकिय निर्देशन समेत सम्बन्धित निकायहरुलाई प्राप्त भइसकेको छ ।’ 

मन्त्री नेम्बाङले गृह मन्त्रलाय, भौतिक मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग गहन छलफल गरेर सवारी दुर्घटना न्यूनीकरण र रोकथामका लागि प्रतिवेदन तयार गरेको बताए ।

दुर्घटनाले मानवीय संवेदनाशीलतालाई अघि सारेको तथा नियन्त्रणका लागि सबै लाग्नुपर्ने उल्लेख गर्दै दुर्घटनाका धेरै कारणहरु देखिएको र यसलाई न्यूनकिरण गर्ने पनि धेरै उपायहरु रहेको बताए ।

मन्त्रालयको जिम्मेवारी सम्हालेर पहिलोपटक समितिमा पुगेका मन्त्री नेम्वाङलाई समिति सभापति कल्याणी खड्का, समिति सदस्य र कर्मचारीहरुले बधाई तथा शुभकामना दिएका थिए ।