१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ४ शुक्रबार १८:०५:००
Read Time : < 1 मिनेट
समाचार

लोकसेवा आयोगलाई छुट्याएको बजेट खर्च गर्न स्वतन्त्र अधिकार दिनुपर्छ : अध्यक्ष मैनाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ४ शुक्रबार १८:०५:००

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगलाई विनियोजित बजेट खर्चगर्न स्वतन्त्र अधिकार दिनुपर्ने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा अध्यक्ष मैनालीले आयोगले परीक्षा सञ्चालनका निम्ति पाउने विनियोजित बजेट स्वतन्त्र रुपमा खर्च गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका हुन् । 

विधेयकको दफा ४७ मा ‘नेपाल सरकारले आयोगको लागि बजेटमा छुट्याएको रकम प्रचलित कानून बमोजिम आयोगले खर्च गर्न सक्नेछ’ उल्लेख गरिएको भन्दै त्यसलाई सच्याउन माग गरे । उनले आयोगले सानो खर्च गर्न पनि अर्थमन्त्रालयको स्वीकृति लिनुपर्ने अवस्था आउने भएकाले दफा ४७ मा उल्लेख भएको विषय सच्याउनुपर्ने बताए । 

उनले आयोगले अहिलेसम्म गर्दै आएको खर्च पूर्ण रुपमा पारदर्शी भएको र कुनैपनि बेरुजु नरहेकोले खर्चमा नियन्त्रण गर्ने खालको व्यवस्था गर्नु उचित नहुने बताए ।
अध्यक्ष मैनालीले आयोगको खर्च सम्बन्धी विकल्प खुलाई विधेयकमा लोकसेवा परीक्षा सम्बन्धी खर्च मात्र गर्नेगरी उल्लेख गर्न सकिने बताए ।

समितिमा रहेका कांग्रेस सांसदहरुले भने यस अघि नै संशोधन प्रस्ताव राख्दै विनियोजित रकम आयोगले निर्धारण गरेबमोजिम खर्च गर्न सक्ने व्यवस्था हुनुपर्ने बताएका थिए ।