मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ४ शुक्रबार १४:४५:००
Read Time : > 1 मिनेट
समाचार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे प्रयासले मात्र सडक दुर्घटना न्यूनीकरण गर्न कठिन : सचिव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष ४ शुक्रबार १४:४५:००

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले मन्त्रालय एक्लैकाे प्रयासले सडक दुर्घटना न्यूनिकरण गर्न नसक्ने बताएका छन् । 

प्रतिनिधिसभाकाे विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा मन्त्रालयका सचिव कार्कीले सडकको क्षेत्रमा मन्त्रालयसँगै, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत काम गरिरहेकाले सडक दुर्घटना न्यूनिकरणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताए । उनले देशभर ८० हजार किलोमिटर भन्दा बढी सडक रहेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत १२ हजार किलोमिटर सडक रहेका उल्लेख गर्दै उनले मन्त्रालय एक्लैले सडक दुर्घटना कम गर्न नसक्ने बताए । उनले पछिल्लो समय सडकका कारण भन्दा पनि मानविय र यान्त्रिक गडवडीका कारण दुर्घटना हुने गरेको बताए । त्यसको नियन्त्रण गर्ने काम सरकारको भएको र सबै तहका सरकारबीच समन्वय हुन आवश्यक रहेको उनले बताए । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले सडकको क्षमता भन्दा धेरै सवारीसाधन सञ्चालनमा आउँदा दुर्घटना बढेको बताए । त्यस्तै राजधानीभित्रको सडक बिना इन्जिनियरिङ निर्माण गरिएको तथा सडक अतिक्रमण हुने र कतिपय सडकको अवस्था जिर्ण भएकोले पनि दुर्घटना बढेको उनले बताए । त्यस्तै सार्वजनिक यातायातहरुले सेवामुखि भन्दा पनि नाफामुखि भई सवारीसाधन चलाउँदा दुर्घटना बढेको उनले बताए । 

नेपालमा सडक दुर्घटना प्रत्येक वर्ष बढ्दै गएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा देशभर १० हजार नौ सय ६५ वटा दुर्घटना भएकोमा दुई हजार पाँच सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा सडक दुर्घटनाको संख्या बढेर १३ हजार तीन सय ६६ पुगेको छ भने मृत्यु हुनेको संख्या दुई हजार सात सय ८९ पुगेको छ । त्यस्तै चालु आर्थिक वर्षको मंसिर १७ गते सम्म ६ हजार नौ सय १२ दुर्घटना भएकोमा नौ सय ३१ जनाको मृत्यु भइसकेको छ । यसमध्ये ९० प्रतिशत भन्दा बढी दुर्घटना मानविय र यान्त्रीक कारणले भएको मन्त्रालयका सचिव कार्कीले बताए ।