१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ पौष ३ बिहीबार १९:३२:००
Read Time : < 1 मिनेट
समाचार

उपनिर्वाचन परिणामले सरकारप्रति वितृष्णा बढेको प्रमाणित भयो : देउवा

Read Time : < 1 मिनेट
२०७६ पौष ३ बिहीबार १९:३२:००

कांग्रेस सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणित भएको बताएका छन् ।

सिन्धुपाल्चोकमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेकपाले जितेका भक्तपुर, चितवन र धरानमा कांग्रेसले जित्नु चानचुने नभएको बताए । उनले कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै कम्युनिस्ट र अन्य पार्टीहरुप्रति वितृष्णा बढेको दाबी गरे ।

देउवाले पार्टी प्रवेश गरेका व्यक्तिहरुलाई आवश्यक सम्मानसहितको भूमिका दिइने विश्वास दिलाए । पूर्वमन्त्री एवं कांग्रेस नेता मोहन बस्नेतले नेकपाले चुनाव जितेका धेरै ठाउँमा कांग्रेसको भोट बढेको बताए ।