१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष ३ बिहीबार १७:४३:००
Read Time : < 1 मिनेट
समाचार

पूर्व सभामुख महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष ३ बिहीबार १७:४३:००

पूर्व सभामुख कृष्णबहादुर महरालाई थुनामा राख्न काठमाडौं जिल्ला अदालतले दिएको आदेश उच्च अदालत पाटनले सदर गरेको छ । 

संसदमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास आरोपमा महरालाई जिल्ला अदालतले थुनछेकको लागि थुनामा राख्ने आदेश दिएको थियो । 

जिल्ला अदालतको आदेश उपर पुनरावेदन गएका महराको निवेदनमा सुनवाई गर्दै बिहीबार उच्च अदालतले थुनामा राख्ने आदेश सदर गरेको हो ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेक नारायण कुँवरको इजलासले सुरु अदालतको आदेश सदर गरेको उच्च अदालतका सूचना अधिकारी मोहन सुवेदीले बताए ।