१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष ३ बिहीबार ०८:५७:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव  नेता पक्राउ

Read Time : < 1 मिनेट
२०७६ पौष ३ बिहीबार ०८:५७:००

विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला समिति सदस्य पदमबहादुर केसी पक्राउ परेका छन् । 

उनलाई प्रहरीको टोलीले दार्मा गाउँपालिका–५, भगेँरी खोलाबाट मंगलबार पक्राउ गरेको हो । उनीसँग रहेको विस्फोटक पदार्थ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, डेटोनेटर, इलेक्ट्रिक डेटोनेटर, सेफ्टी फ्युज, सल्फ्युरिक एसिड, आइइडीमा प्रयोग हुने छर्रा, भोल्टमिटर र ३०३ राइफलको एक राउन्ड गोली बरादम गरिएको छ । 

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । विस्फोटक पदार्थ तथा खरखजानासम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद लिइएको जनाएको छ ।