मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष ३ बिहीबार ०७:३७:००
Read Time : < 1 मिनेट
समाचार

कलैया उपमहानगरमा तालाबन्दी

Read Time : < 1 मिनेट
२०७६ पौष ३ बिहीबार ०७:३७:००

वडाध्यक्षलाई आर्थिक सहयोग नदिइएको भन्दै कलैया उपमहानगरपालिकाकी नगर उपप्रमुख रहिमा खातुनले लेखा शाखा र मूल गेटमा तालाबन्दी गरेकी छन् । केही वडाध्यक्षसहित उपमहानगर पुगेकी उनले लेखा शाखा र मूल गेटमा तालाबन्दी गरेकी हुन् । 

वडा नं. ५ का वडाध्यक्ष राम अयोध्या मण्डललाई क्यान्सर भएपछि उपचार खर्च पाँच लाख रुपैयाँ आर्थिक सहयोग दिन कार्यपालिका बोर्डबाट निर्णय भए पनि कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधिकृत नमानेको भन्दै लेखा शाखामा तालाबन्दी गरेको उपप्रमुख खातुनले बताइन् ।

आर्थिक सहयोग उपलब्ध गराउन ढिलाइका साथै अन्य कार्यक्रमसमेत अपारदर्शी ढंगबाट भएकाले १३ सूत्रीय मागसहित आफूहरू विरोधमा उत्रिएको उनको भनाइ छ ।