मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष २ बुधबार १८:०१:००
Read Time : < 1 मिनेट
समाचार

बम बनाउने ठूलो परिमाणको सामाग्रीसहित विप्लव नेता पक्राउ

Read Time : < 1 मिनेट
२०७६ पौष २ बुधबार १८:०१:००

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला नेता पदमबहादुर केसीलाई बम बनाउने सामाग्री सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्धित नेकपाका जिल्ला समिति सदस्य रहेका ५१ वर्षिय केसीलाई जिल्लाबाट खटिएको टोलीले मंगलबार दार्मा गाउँपालिका–५, भगेँरी खोलाबाट पक्राउ गरेको हो । उनको साथबाट बम बनाउन प्रयोग हुने विभिन्न सामाग्री सागम्री बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानको अनुसार उनको साथबाट नं. ६ डेटोनेटर ५ वटा, नं. ३३ इलेक्ट्रिक डेटोनेटर दुई वटा, सेफ्टी फ्युज एक मिटर, सल्फ्युरिक एसिड (सोडा गन्धक) ३ सय ग्राम, आईईडीमा प्रयोग हुने छर्रा दुई केजी, भोल्टमिटर दुई वटा र ३०३ राइफलको एक राउण्ड गोली पनि बरामद भएको छ ।

यस्तै उनको साथबाट प्रतिबन्धित नेकपाको पार्टी सदस्यता नवीकरण फारम २१ वटा, विधान २०६९, नेकपाको सांगठनिक प्रस्ताव, राजनीतिक प्रतिवेदन र घोषणा पत्र बरामद गरेको प्रहरीले जनाएको छ । विष्फोटक पदार्थ बरामद गर्ने क्रममा नेपाली सेनाको टोली पनि पुगेको थियो ।

पक्राउ परेका केसी र बरामद सामाग्री अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उलाई विस्फोटक पदार्थ तथा खरखजाना सम्वन्धिको कसुरमा जिल्ला अदालत सल्यानबाट बुधबार १० दिनको म्याद थपेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।