१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
उज्वल काफ्ले काठमाडाैं
२०७६ पौष २ बुधबार १५:२८:००
Read Time : < 1 मिनेट
सप्तरंग

मण्डलामा ‘झोला हराएको मान्छे’

Read Time : < 1 मिनेट
उज्वल काफ्ले काठमाडाैं
२०७६ पौष २ बुधबार १५:२८:००

भोजपुरबाट एक युवक वैदेशिक रोजगारीमा जान काठमाडौं आउँछन् । विकट गाउँमा जन्मे/हुर्केका उनका लागि सहर बिरानो थियो । काठमाडौं उत्रिनासाथ उनको झोला हराउँछ । राहदानी, कपडालगायत सामान त्यही झोलामा थिए । त्यही नै हराएपछि उनको अर्को कथा काठमाडौंबाटै सुरु हुन्छ । किनकि, उनको त्यतिन्जेलको जीवनकथा हराएको झोलासँगै नेपथ्यमा पर्छ । त्यसपछि उनले राजधानीमा गर्नुपरेको संघर्षलाई कथा बनाएर रुद्रप्रसाद पोखरेल (स्लिम जीवन)ले नाटक तयार पारेका छन्, ‘झोला हराएको मान्छे’ । उनी आफैँले नाटकको मुख्य पात्रमा अभिनय गरेका छन् ।

‘काठमाडौं आएर झोला हराएको मानिस यो बिरानो सहरमा कहाँ जान्छ, कुन बाटो अपनाउँछ भन्ने कथा छ, नाटकमा,’ निर्देशक दीपेन्द्र शाही भन्छन्, ‘त्यस युवकले आफ्नो झोला भेटाउन गरेको संघर्षकथा समेटिएको छ ।’ उनका अनुसार खोज्दाखोज्दै नाटकको युवक यति धेरै थाकेका हुन्छन् कि आफ्नो झोला भेट्दा पनि त्यो आफ्नै हो भन्ने यकिन गर्न सक्दैनन् ।
झोला भेटिएपछि ती युवकले विदेश जाने मानसिकता त्याग्छन् । र, आफ्नै गाउँ फर्किन्छन् । १७ पुससम्म अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन हुने नाटकमा २० कलाकारको अभिनय छ ।