मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ पौष २ बुधबार ०६:०१:००
Read Time : < 1 मिनेट
अर्थ

वार्षिकोत्सवमा प्रभु लाइफको सामाजिक काम

Read Time : < 1 मिनेट
२०७६ पौष २ बुधबार ०६:०१:००

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिकोत्सवका अवसरमा विभिन्न संघसंस्थालाई फोहोर फाल्ने गार्वेज विन हस्तान्तण गरेको छ । कम्पनीले वार्षिक रूपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वच्छ वातावरण तथा सरसफाइ अभियानलाई प्राथमिकता दिँदै सामाजिक कार्य गरेको हो । 

सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरेको कम्पनीले प्रदेश नं. ३ अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज अस्पताल परिसरमा फोहोर व्यवस्थापनका लागि फोहोर फाल्ने गार्वेज बिन हस्तान्तरण गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले हस्पिटललाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए । 

प्रदेश नं. १, २, ३, गण्डकी प्रदेश, ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कम्पनीका विभिन्न शाखा कार्यालयले आ–आफ्नो क्षेत्रका सार्वजनिक उद्यान, पार्क, मठ–मन्दिर, सरकारी विद्यालय तथा सरकारी अस्पतालको सरसफाइ गरी उक्त स्थानमा समेत गार्वेज बिन उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

गत वर्ष कम्पनीले सातै प्रदेशका विभिन्न सरकारी विद्यालयका विद्यार्थीलाई पोसाक तथा स्वेटरलगायत सामग्री वितरण गरेको थियो ।