मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २ बुधबार ०९:१४:००
Read Time : < 1 मिनेट
समाचार

प्रतिबन्धित पार्टीको प्रचार गर्ने दुई विद्यार्थी पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ पौष २ बुधबार ०९:१४:००

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको प्रचार गर्दै हिँड्ने  दुईजना पक्राउ परेका छन् । जिल्लाको सानीभेरी गाउँपालिका–३ चौखे भन्ने ठाउँबाट स्कुले विद्यार्थी चौरजहारी नगरपालिका ४ का १६ वर्षीय अतिराम रोकाया र नेकपाका जिल्ला सदस्यसमेत रहेका आठबीसकोट नगरपालिका ११ गोइरीका १९ वर्षीय वसन्त चन्द पक्राउ परेका हुन् । 

उनीहरूलाई नेपाल कम्युनिस्ट पार्टीको प्रचार गर्ने उद्देश्यले पार्टीका विभिन्न अभिव्यक्ति भित्तामा लेखिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । विभिन्न ठाउँमा वाल पेन्टिङमार्फत प्रतिबन्धित नेकपाको प्रचार गरिरहेको अवस्थामा वाल पेन्टिङमा प्रयोग हुने विभिन्न सामग्रीसहित पक्राउ गरिएको डिएसपी खड्काको भनाइ छ । 

विप्लवका कार्यकर्ताले जिल्लाका विभिन्न ठाउँमा स्थानीय बजार, सर्वसाधारणसहित विद्यालय समेतमा चन्दा तथा फिरौती रकम माग गरिरहेको गोप्य सूचनाका आधारमा परिचालन गरिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो समय विप्लव नेतृत्वको पार्टीले स्कुले विद्यार्थीलाई प्रयोग गरी चन्दा तथा फिरौती असुलिरहेको प्रहरीको दाबी छ । 

विद्यार्थीलाई फकाएर पार्टीले विभिन्न अवाञ्छित गतिविधिमा लगाइरहेको भेटिएको र यसमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएको जिल्ला प्रहरीप्रमुख प्रहरी नायव उपरीक्षक खड्काले बताए ।