मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ३० सोमबार ०७:०६:००
Read Time : < 1 मिनेट
समाचार

भीमसेन मन्दिर पुनर्निर्माणमा भारतको सहयोग अस्वीकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३० सोमबार ०७:०६:००

ललितपुरको मंगलबजारमा रहेको भीमसेन मन्दिर नेपाल आफैँले बनाउने भएको छ । ललितपुर महागनगरपालिका, उद्योग वाणिज्य संघलगायतले चन्दा उठाएर मन्दिर पुनर्निर्माण गर्ने तयारी गरेका छन् । भूकम्पले भत्काएको लामो समयसम्म पनि मन्दिर पुनर्निर्माणको काम अघि नबढेको भन्दै महानगरको नेतृत्वमा स्थानीय सहयोगमै मन्दिर निर्माण गरिने भएको हो । मन्दिर अहिले करिब चार इन्च पूर्वतर्फ ढल्किएको छ भने गारोसमेत चर्किएको छ । कुनै पनि वेला मन्दिर भत्किन सक्ने भएकाले पुनर्निर्माण गर्न लागिएको महानगरले जनाएको छ ।

भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माणमा सहयोग गर्न नेपालले भारत सरकारलाई आग्रह गरेको थियो । केही महिनाअघि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको नेतृत्वको टोलीले भारतीय दूतावाससँग सहयोग रकमका बारेमा छलफलसमेत गरेको थियो । तर, भारतले सहयोग गर्ने भनेको रकम अझै १३÷१४ महिना नआउने बुझिएको प्रमुख महर्जनले जानकारी दिए । 

भारतीय सहयोग संघीय सरकारमार्फत खर्च गर्नुपर्ने देखिएपछि ललितपुर महानगरले चन्दा उठाएर मन्दिर पुनर्निर्माण गर्ने भएको छ । सो विषयको जानकारी महानगरले प्रधानमन्त्रीलाई पत्र लेखेर गराएको छ । ‘त्यसरी पुनर्निर्माण गर्दा टेन्डर गर्नुपर्ने र ठेक्का दिएर काम गर्दा पुरातात्विक महत्व रहँदैन । त्यसैले दूतावासलाई सहयोग रकम आवश्यक नरहेको र आफैँ बनाउँछौँ भनेका थियौँ,’ महर्जनले भने ।