मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २९ आइतबार १९:०५:००
Read Time : < 1 मिनेट
समाचार

पौडेल समुहद्वारा आइतबार पनि केन्द्रीय समिति बैठक बहिष्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २९ आइतबार १९:०५:००

महाधिवेशनको कार्यतालिका सम्बन्धि प्रस्ताव पेश नभएको भन्दै नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिस्कार गरेको छ । पार्टीमा विभाग थप्नेलगायत विभिन्न ९ वटा प्रस्ताव प्रस्तुत भएको बैठमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने सम्बिन्धि प्रस्ताव पेश हुनुपर्ने माग पौडेल समूहले राख्दै आएको थियाे ।

बैठकमा प्रस्तावित एजेण्डाहरुलाई सहमतिमा पारित गर्न आन्तरिक छलफल तिव्र पारिएको र सहमति नजिक नेताहरु पुगेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । वरिष्ठ नेता पौडेल पाथिभरा दर्शनका लागि सपरिवार गएकाले बैठकमा उपस्थित नभएको उनले बताए । बैठकमा प्रस्तुत भएका एजेण्डाहरुमा सामान्य छलफल भए पनि उपनिर्वाचनको समीक्षामा बैठक केन्द्रीत रहेको उनले जानकारी दिए । 

प्रवक्ता शर्माले बैठकका एजेण्डाहरु पदाधिकारी बैठकमा सहमति भएपछि तय भएको र सबैको सहमतिबाट नै पारित हुने दाबी गरे । महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने जिम्मेवारी निर्वाचन समितिको भएको र केन्द्रीय समितिले महाधिवेशनको मिति मात्रै तय गर्ने शर्माले स्पष्ट पारे । बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधीले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच शनिबार भएको छलफलका विषयमा ‘ब्रिफिङ’ गरेका थिए । स्थानीय तहहरुको समायोजन पुस महिनाको मध्यसम्म सक्ने निर्वाचन समितिले जानकारी दिएको र त्यसपछि कार्यतालिका सार्वजनिक गर्ने प्रस्ताव सभापतिले नेता पौडेलसँग राखेको उनले बैठकलाई जानकारी गराए ।