मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार १७:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

वाइडबडी प्रकरण : योगेश भट्टराई भन्छन्–शेरबहादुर देउवालाई पनि छानविन गर्नुपर्छ !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार १७:५३:००

नेकपा युवा नेता योगेश भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताबारे तानिएका सबै व्यक्तिलाई छानविन गर्न माग गरेका छन् । उनले प्रधानमन्त्री रहँदा पर्यटन मन्त्रालय पनि सम्हालेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि छानविन गर्न माग गरेका हुन् । उनले वाइडबडी प्रकरणबारे यथार्थ छानवीन गर्न कुनै पुर्वाग्रह राखिरहन आवश्यक नरहेको बताए ।

वाइडबडी बारे संस्कृति, पर्यटन तथा नागरिक उडड्यानमन्त्री रवीन्द्र अधिकारी वा अरु जोसुकै भए पनि छानविन गरिने र दोषी देखिए कारबाही पनि हुने उनले बताए । वाइडबडी विमान खरिद प्रकरणमा ४ अरव ३५ करोड भ्रष्टाचार भएको र त्यसमा बहालवाला मन्त्री अधिकारीसहित पूर्वमन्त्रीद्वय तथा कांग्रेस नेता जिवनबहादुर शाही, जितेन्द्रनारायण देव, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार लगायत दोषी देखिएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले कारबाही गर्न निर्देशन दिएको थियो । यता, शाहीले आफ्नो सम्लग्नता नरहेको र देवले त्यस समय आफू मन्त्री नै नभएको भन्दै विज्ञप्ति मार्फत प्रष्टिकरण दिएका थिए ।

त्यस्तै, सरकारले लेखा समितिको प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको नेतृत्वमा ४५ दिनको म्याद दिएर छुट्टै छानविन आयोग बनाएको थियो । नेकपा नेता भट्टराईले सोही विषयमा यथार्थ छानवीन गर्न प्रमुख प्रतिपक्ष दलका नेता देउवाको आग्रहमा सरकारले छानवीन आयोगनै गठन गरेको बताए । आइतबार संघीय संसद भवन परिसरमा उनले नेपालमा अन्तर्राष्ट्रिय लगानी आउन नदिने षडयन्त्र अन्तर्गत वाइडबडी विमान खरिद प्रकरणलाई उचालेको हुन सक्ने आशंका गर्दै सचेत रहन सम्बन्धित पक्ष सबैलाई आग्रह गरे । 

नेता भट्टराईले वाइडबडी विमान खरिद प्रकरणको विषयलाई लिएर आफ्नो पार्टीले कसैप्रति पूर्वाग्रह नराख्ने बताए । यता, केही दिन अघि प्रतिनिधिसभाको बैठकका बोल्दै विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री देउवाले वाइडबडी खरिदमा देखिएको अनियमितताको सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका थिए । उनले वाइडबडी प्रकरणलाई त्यत्तिकै नछाढ्ने चेतावनीसमेत दिएका थिए ।

याे पनि पढ्नुहाेस

‘मन्त्री रवीन्द्र अधिकारीले राजीनामा नदिए लुम्बिनीमा बहिष्कार गर्ने’