मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ठूलीभेरीको थरगाउँमा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा भएको हिमपात
२०७६ मङ्सिर २७ शुक्रबार १७:४०:००
Read Time : < 1 मिनेट
समाचार

हिमपातले डोल्पाको ठूलीभेरीमा विद्यालयको वार्षिक परीक्षा रोकियो 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २७ शुक्रबार १७:४०:००

हिमाली जिल्ला डोल्पाको ठूलीभेरी नगरपालिकाका ५ वटा विद्यालयमा हिमपातका कारण वार्षिक परीक्षा स्थगित भएको छ । 

चार मावि र एक आधारभुत विद्यालयको शुक्रबार नेपाली विषयको परीक्षा स्थगित भएको हो । लगातार हिमपात भएकाले विद्यार्थी आउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै परीक्षा स्थगित गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायाले बताए । 

मौसममा सुधार आए स्थगित परीक्षा आइतबार हुने रोकायाले जानकारी दिए । हिमपातका कारण बाटो थुनिएकाले टाढाका विद्यार्थी विद्यालय पुग्न सक्ने अवस्था छैन । 

विद्यालयमै बाक्लो हिउँ जमेको रोकायाले बताए । बिहीबारदेखि ठुलीभेरीमा वार्षीक परीक्षा सुरु भएको थियो । पुष र माघमा भारी हिमपात हुने भएकाले मंसिरमा वार्षीक परीक्षा सकेर दुई महिना विद्यालय बन्द हुने गर्छ ।