१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार १६:०१:००
Read Time : < 1 मिनेट
समाचार

द्वन्द्वपीडित सुरक्षाकर्मीद्वारा माइतीघर मण्डलामा धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २९ आइतबार १६:०१:००

द्वन्द्वपीडित सुरक्षाकर्मी विभिन्न माग राखेर आइतबार माइतीघर मण्डलामा धर्ना बसेका छन् । उनीहरुले प्रहरी र सैनिक ऐनमार्फत सम्बोधन गर्नुपर्ने, बेपत्ता मृतक सुरक्षाकर्मीका परिवारलाई कम्तिमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई रोजगारी सुनिश्चित गर्नुपर्ने लगायतका माग गर्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घको नेतृत्वमा धर्ना दिएका हुन् । 

सङ्घका अध्यक्ष हेमकुमारी घर्तीले अशक्त सुरक्षाकर्मीको उपचारको व्यवस्था गर्नुपर्ने र द्वन्द्वपीडित सुरक्षाकर्मीको सन्ततिलाई रोजगारीको सुनिश्चित गर्नुपर्ने माग गरिन् । उनीहरुले द्वन्द्वपीडित परिचयपत्रको वर्गीकरण गरी ‘क’ वर्गको परिचयपत्र दिनु पर्ने र सहिद घोषणा गर्नु पर्न समेत माग गर्दै आएका छन ।