मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर २५ बुधबार ०९:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु, पाँच घाइते

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २५ बुधबार ०९:२९:००

कञ्चनपुरमा फेरि हात्ती आतंक सुरु भएको छ ।  बुधबार बिहान हात्तीको आक्रमणमा परी  महाकाली नगरपालिका–२ का दुई महिलाकाे मृत्यु भएकाे छ । चाँदनीका ५० वर्षीया भूरी साउदको घटना स्थलमै र चाँदनीकै ४२ बर्षिया विष्ना भट्टको अस्पताल लैजाने क्रममा मृत्यु भएको हाे । 
स्थानीय भरत भट्टले  जंगली हात्ती धपाउने क्रममा हात्तीले आक्रमण गर्दा दुई महिलाको मृत्यु भएकाे बताए । उनले अन्य चार महिला घाइते भएकाे जानकारी दिए ।  

हात्तीको आक्रमणबाट मृत्यु भएकी महाकाली नपा २ चाँदनीकी विष्ना भट्ट

घाइतेलाई को दोधाराकाे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत रेफर गरिएको छ । घाइते हुनेमा  चाँदनीकी २२ वर्षीया सरस्वती ओझा, २० वर्षीया कमादेवी साउद, ३२ वर्षीया गोमती भट्ट  र नाम नखुलेका  दुई जना छन् । 

मायापुर जंगलबाट निष्किएका महिलामाथी हात्तिले आक्रमण गरेको थियाे । उक्त जंगल क्षेत्रमा हात्ती धपाउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक चेतराम पनेरुले अन्य घाइतको खोजीकार्य  गर्न र हात्ती धपाउनका लागि प्रहरी परिचालन गरिएको बताए ।