पल्सर डेयर भेन्चरका राइडर्सले नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरका १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सिट र पाराफेटसमेत सफा गरेका हुन् ।
पल्सर डेयर भेन्चर नेपालको सबभन्दा लोकप्रिय, साहसिक र पहिलो बाइकिङ रियालिटी सो हो र यसको सफलतापूर्वक ३ वटा सिजन सकिइसकेको छ र चौथो सिजन सुरु भएको छ जुन एपी १ एचडी टिभीमा हरेक शनिबार राति ९ बजे प्रसारण हुँदै आइरहेको छ । पल्सर डेयर भेन्चर एक साहसिक बाइक रियालिटी सो मात्र नभएर यसले राइडरलाई एउटा नम्र र सम्मानित नागरिक बन्न कौशल र अनुशासन विकास गर्न सहयोग गर्दछ ।