१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २४ मंगलबार ०८:२०:००
Read Time : < 1 मिनेट
साहित्य

कारा लिएर आइन् पूर्वप्रधानन्यायाधीश कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २४ मंगलबार ०८:२०:००

प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो पहिलो उपन्यास ‘कारा’ बजारमा ल्याएकी छिन् । गत वर्ष उनको आत्मकथा ‘न्याय’ प्रकाशित भएको थियो, जुन धेरै पढिएका कृतिमध्येमा पर्छ । ‘कारा एउटा बन्धनको कथा हो । महिला कैदीहरूले भोगेको भौतिक कारागारको मात्र बन्धन होइन, समाजले उनीहरूलाई लगाउने गरेका अनेक बन्धनको कथा यसले बताउँछ,’ उनी भन्छिन् ।

उपन्यासमा निरंकुश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरु भएको समयको सेरोफेरोको कथा छ । जेलभित्रको बेग्लै निरंकुशताको कथा पनि उपन्यासमा छ । कार्कीको भनाइमा बेकसुरदारलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाले भोगेको लामो ताडना र यातनाको गाथा हो, कारा । ‘लोकतान्त्रिक आन्दोलनका क्रममा म आफैँ जेल बस्दा र ३० वर्ष वकालत गर्दा धेरै सेवाग्राही कैदी र तिनका आफन्तका कथा सुनेँ र देखेँ,’ कार्की भन्छिन्, ‘त्यसले पनि मलाई यो उपन्यास लेख्न प्रेरित गरेको हो ।’

न्यायिक जिम्मेवारीमा छँदा कार्कीले देखे–भोगेका महिलाका पीडा पनि उनको उपन्यासमा प्रतिविम्बित भएको छ । ‘कारा’ किताब पब्लिसर्सले प्रकाशन गरेको नया“ पुस्तक हो । ‘हामीले यो उपन्यासमार्फत सुशीला कार्कीको फरक व्यक्तित्वलाई सार्वजनिक गर्ने अवसर पाएका छौँ,’ किताब पब्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकाल भन्छिन्, ‘यसले पाठकलाई फरक स्वाद दिने हाम्रो अपेक्षा छ ।’