मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २३ सोमबार १९:०८:००
Read Time : < 1 मिनेट
समाचार

फकाएर बलात्कार गरेको आरोपमा महरा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २३ सोमबार १९:०८:००

बिहेको आश्वासन दिएर १७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साेमबार सिरहा नगरपालिका–६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ । बालिकालाई फकाएर बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखी २६ कात्तिकमा बलात्कार गरी फरार भएका थिए ।

बलात्कार गरेकाे भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरीका आधारमा महरालाई पक्राउ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनीलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ ।