मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २३ सोमबार १३:१८:००
Read Time : < 1 मिनेट
खेलकुद

पाकिस्तानी खेलाडीलाई दूतावासको सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर २३ सोमबार १३:१८:००

नेपालस्थित पाकिस्तानी राजदूतावासले दक्षिण एशियाली खेलकुदमा सहभागि पाकिस्तानी खेलाडीहरुलाई सम्मान गरेको छ । 

राजदूतावासले काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा खेल्न आएका खेलाडीहरुलाई रात्रिभोज आयोजना गरी सम्मान गरेको हो । दुतावासले खेलाडीहरुले राम्रो प्रतिस्प्रर्धा गरिरहेको र थप उर्जा दिन सम्मान गरिएको जनाएको छ । 

१३ औं सागमा पाकिस्तानले अहिलेसम्म २९ स्वर्ण, ३४ रजत तथा ४७ कास्य गरी कुल १ सय १० पदक प्राप्त गरेको छ । साग सकिन दुई दिन अघि राजदूतावासले आफूहरुलाई सम्मान गरेकाले थप उर्जा मिलेको खेलाडीहरुले बताएका छन् । 

पाकिस्तानी राजदूत मजहार जावेदले आफ्ना खेलाडीहरुले अपेक्षा अनुसार प्रदर्शन गरी पदक जितेको भन्दै प्रशंसा गरे ।