१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काठमाडौं
२०७६ मङ्सिर २३ सोमबार ०६:३१:००
Read Time : < 1 मिनेट
अर्थ

जोन्टा क्लब काठमाडौंद्वारा महिलालाई सम्मान

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ मङ्सिर २३ सोमबार ०६:३१:००

जोन्टा क्लब इन्टरनेशनको स्थापनाकोसय वर्ष पुगेको अवसरमा जोन्टा क्लब काठमाडौंले महिला शसक्तीकरणमा योगदान पुर्‍याएका महिलालाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जोन्टा क्लब सेन्टिनियल अवार्डबाट महिला अधिकारकर्मी बन्दना राणालाई सम्मान गरियो । 

संयुक्त राष्ट्रसंंघको महिलाविरुद्धको विभेद उन्मूलन युएन सिडको उपाध्यक्षसमेत रहेकी राणालाई ३३ वर्षदेखि महिला अधिकार र लैंगिक समानताको वकालतमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको जोन्टा क्लब काठमाडौंकी अध्यक्ष मीरा ज्योतिले बताइन् ।जोन्टा क्लब सेन्टिनियल कम्युनिटी अवार्डबाट वुमन फर ह्युन राइट्स, टेवा, चेन्ज नेपाल र डाक्टर अरुणा उप्रेतीलाई सम्मान गरिएको छ ।

स्टान्डर्ड चाटर्ड बैंकस“गको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा अमुदा मिश्र, जया लुईंटेल, निर्मला धिताल र प्रनिता क्षत्रीलाई जोन्टा क्लब सेन्टिनियल च्याम्पियन अवार्डबाट सम्मान गरियो ।  विभिन्न व्यवसामा रहेका महिलाको सक्रियतामा स्थापित जोन्टा क्लबले समाजमा महिलाका अधिकारको क्षेत्रमा क्रियाशील  छ ।