१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कन्चनपुर
२०७६ मङ्सिर २३ सोमबार ०९:४१:००
Read Time : < 1 मिनेट
प्रदेश

बेलौरी नाका स्तरोन्नतिका लागि उद्योगमन्त्रीलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
कन्चनपुर
२०७६ मङ्सिर २३ सोमबार ०९:४१:००

कन्चनपुरको बेलौरी नाका स्तरोन्नतिको माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाइएको छ । आइतबार कैलालीको अत्तरियास्थित मन्त्री भट्टको निवासमा पुगेर सुदूरपश्चिम प्रदेश सभा सदस्य कुलवीर चौधरी र उद्योग वाणिज्य संघ बेलौरीको टिमले ज्ञापनपत्र बुझाएको हो । 

कयौँ वर्ष बितिसक्दा पनि बेलौरी भन्सारको स्तरोन्नति हुन नसकेको उनीहरूले गुनासो गरे । प्रदेश सभा सदस्य चौधरी र उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर साउद नेतृत्वको टोली बुझाएको छुट्टाछुट्टै ज्ञापनपत्रमा तत्काल बेलौरी भन्सार नाकाको स्तरोन्नति गर्न माग गरिएको छ ।

कन्चनपुरको सदरमुकाम बेलौरीबाट महेन्द्रनगर सरेपछि स्तरोन्नतिका लागि पहल नभएको उनीहरूको गुनासो थियो । ०१९ सालमा बेलौरीबाट जिल्ला सदरमुकाम महेन्द्रनगर सारिएको थियो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टले बेलौरी नाकाको स्तरोन्नतिका लागि पहल गर्ने बताए । बेलौरी नाकाको समस्याबारे जानकार भएको उल्लेख गर्दै यसको स्तरोन्नति हुँदा प्रदेशकै विकासमा सहयोग पुग्ने उनको भनाइ थियो ।