मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सी टियान 
२०७६ मङ्सिर २३ सोमबार ०८:३२:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

चिनियाँ शिक्षा प्रणालीको नरोकिने उदय 

Read Time : > 1 मिनेट
सी टियान 
२०७६ मङ्सिर २३ सोमबार ०८:३२:००

देश/विदेश

द अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्टले ७९ देशका ६ लाख विद्यार्थीबीच लिएको परीक्षामा चिनियाँ विद्यार्थी पहिलो भएका छन्

द अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) ले गत मंगलबार सन् २०१८ को अन्तर्राष्ट्रिय विद्यार्थी मूल्यांकन नतिजा कार्यक्रम (पिआइएसए) को नतिजा सार्वजनिक गरेको छ, रिडिङ (पढ्ने), गणित र विज्ञानका विभिन्न प्रश्नपत्र तयार गरेर संसारका ७९ देशका ६ लाख विद्यार्थीसँग सन् २०१८ मा यो परीक्षा लिइएको थियो । सबै विषयमा चिनियाँ विद्यार्थी यो परीक्षामा पहिलो भए । चिनियाँ मेनल्यान्डका विद्यार्थीले चार नगर तथा प्रान्त बेइजिङ, सांघाई, जियान्सु र झियाङको प्रतिनिधित्व गरेका थिए ।

‘चीनका स्कुले विद्यार्थी अहिले विश्वकै स्मार्ट हुन्,’ ब्लुम्बर्गले लेखेको छ । यो भन्नु बढी आँक्नु पनि हो, तर यो नतिजाले चीनको सफलताको रहस्य केही हदसम्म बाहिर ल्याएको छ । खुला बजार नीति सुरु भएयताका पछिल्ला ४ दशकमा चीनले शैक्षिक क्षेत्रमा ठूलो लगानी लगाएको छ । सन् १९७८ मा चीनले शिक्षामा ९.४ बिलियन युआन लगानी गथ्र्यो भने सन् २०१८ मा ४ हजार ६ सय १३ दशमलव ५ बिलियन लगानी गर्‍यो । यसरी चार दशकमा लगानी झन्डै ५ सय गुणा बढेको छ । सरकारले सर्वाधिक लगानी गर्ने क्षेत्रमध्ये शिक्षा एक हो । सन् २०१८ मा ५ लाख १४ हजार विद्यालय र २ सय ७० मिलियन विद्यार्थी रहेको चीनको शैक्षिक स्केल विश्वको पहिलो नम्बरमा थियो ।
समाजको साझा सरोकार र चिनियाँ सरकारको ठूलो लगानीका कारण देशमा दक्ष जनशक्तिको एकपछि अर्को पुस्ता हुर्किरहेको छ । समाजले भविष्यप्रति आशा राखेको छ र देशको प्रतिस्पर्धी क्षमता निरन्तर सुध्रँदो छ । 

चीनले अमेरिकासहित विकसित विश्वलाई मज्जाले भेट्टाएको छ, पूर्वी एसियाली देशको शैक्षिक नतिजा र राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता बढ्दो छ, यसलाई कसैले खोस्न सक्दैन

हुवावेजस्ता विश्वका ठूला चिनियाँ कम्पनीले क्षमतावान् जनशक्तिलाई जागिरमा राखेका छन् । हुवावेसँग मात्रै ८० हजारभन्दा बढी अनुसन्धान र विकासमा सक्रिय व्यक्ति छन् । चीनको शैक्षिक प्रगतिले खडा गरेको जगबाट यसको बलियो अनुसन्धान क्षमताले पक्कै फाइदा लिएको छ । 

विरोधाभासपूर्ण रूपमा अमेरिकी विद्यार्थी साहित्य पढ्नेमा १३औँ स्थानमा छन् । गणित र विज्ञानमा उनीहरू अझै कमजोर छन् । गणित त अमेरिकी विद्यार्थीले ४ सय ७८ अंक मात्रै स्कोर गरेका छन्, यो ओइसिडीले तोकेको औसत अंक ४ सय ८९ भन्दा कम हो । यस्तो नतिजाले अमेरिकालाई झस्काएको छ । अमेरिकाले अन्तर्राष्ट्रिय जगत्मा निरन्तर समस्या सिर्जना गरिरहेको छ र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको छ । तर, खासमा उसले आफ्नो युवापुस्तामा ध्यान केन्द्रित गर्नुपर्छ । आफ्नो रोकिएको शैक्षिक विकास र घट्दो प्रतिस्पर्धात्मक क्षमतालाई सुधार गर्न चासो दिनुपर्छ । अमेरिकाको उदयमा शिक्षाले ठूलो योगदान गरेको छ । तर, अहिलेको अवस्थाले यस्ता कुरामा अमेरिका सचेत छैन भन्ने देखाउँछ । 

एउटै रिपोर्टले सबै परिभाषित गर्छ भन्ने होइन । अहिले पनि अन्तर्राष्ट्रिय शिक्षा जगत्का धेरै ठाउँमा अमेरिका नेतृत्वदायी भूमिकामा छ । र, रिपोर्टले देखाएअनुसार चिनियाँ शिक्षामा पनि समस्या विद्यमान छ । जस्तो, दुर्गम क्षेत्रमा शिक्षक अभाव र विद्यार्थीको बुझ्ने क्षमतामा कमी छ । 

तर, आम रूपमा त स्पष्ट नै छ– चीनले अमेरिकासहित विकसित विश्वलाई मज्जाले भेट्टाएको छ । पूर्वी एसियाली देशको शैक्षिक नतिजा र राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता बढ्दो छ, यसलाई कसैले खोस्न सक्दैन । 

(लेखक ग्लोबल टाइम्ससँग आबद्ध छन्) चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सबाट