मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कास्की
२०७६ मङ्सिर २३ सोमबार ०८:२१:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेशका सभामुख र उपसभामुखको पोखरा भेला : चार दिनको छलफलबाट पाँचबुँदे निष्कर्ष

Read Time : < 1 मिनेट
कास्की
२०७६ मङ्सिर २३ सोमबार ०८:२१:००

चार दिनसम्म पोखरामा चलेको प्रदेशका सभामुख र उपसभामुखको भेला पाँचबुँदे निष्कर्ष निकाल्दै आइतबार सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सचिवालको आयोजना र संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा गत बिहीबार भेला सुरु भएको थियो ।

अन्तरप्रदेश सभा अनुभव आदनप्रदान तथा अन्तर्किया गर्ने निष्कर्षसहित भेला सम्पन्न भएको छ ।कार्यक्रममा सात प्रदेशका सभामुख र उपसभामुखबीच अनुभव आदानप्रदान, सहकार्य बढाउनेलगायत विषयमा छलफल भएको थियो ।

साथै कार्यक्रमले आगामी दिनमा नेपालको संविधान कार्यान्वयन र प्रदेश सभाको कामकारबाही सहज, सुव्यवस्थित तथा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले बताए । 

यस्ता छन् पाँचबुँदे निष्कर्ष

१. अन्तरप्रदेश सभा अनुभव आदानप्रदानका लागि प्रदेश सभाका सभामुख, उपसभामुखको अनौपचारिक मञ्च बनाउने र सोमार्फत आवश्यक ज्ञान सामग्रीको प्रकाशनलगायत कार्यहरू गर्ने । 

२. संघीय संसद् राष्ट्रिय सभाको समन्वय र संयोजनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने तथा आगामी कार्यक्रम उपयुक्त मितिमा सुदूरपश्चिम प्रदेशमा आयोजना गर्ने ।

३. संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन रहेको सन्दर्भमा संघीय संसद् र प्रदेश सभाहरूबीच नियमित तथा प्रभावकारी समन्वयका लागि उपयुक्त कानुनी व्यवस्था गर्न संघीय संसद्सँग संवाद तथा परामर्श गर्ने ।

४. प्रदेश सभा भवन निर्माणका लागि जग्गा प्राप्तिमा रहेको समस्या समाधान गर्न आवश्यक पहल गर्ने । सभा भवनहरू अत्याधुनिक तथा प्रविधिमैत्री बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने ।

५. प्रदेश कार्यपालिकालाई व्यवस्थापिकामार्फत जनताप्रति अझ बढी जवाफदेही र उत्तरदायी बनाउन आ–आफ्ना स्थानबाट प्रभावकारी भूमिका खेल्ने ।