मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विराटनगर
२०७६ मङ्सिर २३ सोमबार ०७:२०:००
Read Time : < 1 मिनेट
समाचार

कोठाभित्र जलेको अवस्थामा वृद्धको शव फेला

Read Time : < 1 मिनेट
विराटनगर
२०७६ मङ्सिर २३ सोमबार ०७:२०:००

विराटनगर–२ शनिहाटका ७० वर्षीय वृद्ध जयप्रसाद दाहालको शव आइतबार बिहान आफ्नै घरको कोठाभित्र जलेको अवस्थामा फेला परेको छ । लामो समयदेखि काठमाडौं बस्दै आएका उनी केही दिनअघि मात्र विराटनगरमा घर बिक्री गर्न आएका थिए ।

घरमा एक्लै रहेका दाहाल कसरी जले भन्ने छिमेकीहरू कसैले पनि थाहा नपाएको बताए । भाडामा बस्दै आएका राधेश्याम दराकले पनि वृद्धले घर बिक्री गर्ने भनेपछि केही दिनअघि घर छाडेका थिए ।

आइबार बिहान दराक ल्यान्डलाइन टेलिफोन सार्न दाहालको घर पुगेका थिए । दाहाल जलेर मृत अवस्थामा भेटिएपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो । प्रहरीका अनुसार कोठामा ग्यासको पाइप जलेको, रेगुलेटरको क्याप निस्किएको र शरीरका अधिकांश भाग जलेको अवस्थामा दाहालको शव भुइँमा लडेको अवस्थामा पाइएको थियो ।

ग्यास लिक भएर वृद्धको शरीरमा आगो सल्किएको र निभाउन नसक्दा आगो फैलिएर कोठाभित्रै जलेर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । तर, ग्यास लिक भएको भनिए पनि आगलागी घरभित्र मात्र फैलिएको पाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिइजूले बताए ।