१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर २२ आइतबार २०:२९:००
Read Time : < 1 मिनेट
समाचार

तलब नपाएपछि शिक्षकहरू अनसनमा, पठनपाठन प्रभावित

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २२ आइतबार २०:२९:००

लामो समयदेखि तलब नपाएको भन्दै रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षकले रिले अनसन थालेका छन् । यस वर्षमा आफूहरुले तलब नपाएको भन्दै नगरपालिकाविरुद्ध अनसन बसेको हुन् ।

शिक्षक रञ्जन खरेलका अनुसार उनीहरूले यस वर्षमा अहिलेसम्म तलब पाएका छैनन् । पटक(पटक तलबको माग गर्दै आएका उनीहरूले नगरपालिकाविरूद्ध आइतबारदेखि अनसन थालेका हुन् ।नगरपालिकाका शिक्षकहरु विद्यालय बन्द गरी अनिश्चितकालीन आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । 

नगरसभा हुन नसकेकाले अहिलेसम्म शिक्षकलाई तलब खुवाउन नसकेको नगर प्रमुख गोपाल राय यादवले बताए । मंसिर महिनाभित्र नगरसभा गरी तलब निकासा गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।