
डिभिजन वन कार्यालय जेलेश्वरमा आइतबार साँझ शंकास्पद वस्तु फेला परेको छ ।
कार्यालयको प्रांगणमा रहेको पुरानो कार मुनी शंकास्पद कालो झोला फेला परेको हो । सो बस्तु बम या अन्य वस्तु के हो भन्ने थाहा भइनसकेको रणधिन गणका गणपति कर्नेल विदुर अधिकारीले बताए ।
सो बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली, शसस्त्र प्रहरी र नेपाल प्रहरी सो स्थानमा पुगिसकेको अधिकारीले बताए । कार्यालय आसपासका जोखिमयुक्त क्षेत्रबाट मानिसहरुलाई हटाइसकिएको छ ।
वन कार्यालयका कर्मचारी वन रक्षक नवराज विष्टका अनुसार दिउँसो साढे ४ बजे मोटरसाइकलमा एक अपरिचित युवक आएर केही बेर कार्यालय परिसरमा बसेका थिए । विष्टले सोधिखोजी गर्दा आफ्नो पनि दाजु कर्मचारी भएको ती युवाले बताएर केही बेरमा त्यहाँबाट गएका थिए । त्यसकाे केही समयमै प्रांगणमा रहेकाे एचआर २६ एस ४२८१ नम्बरकाे कारकाे तल साे शंकास्पद वस्तु भेटिएकाे थियाे ।
ति युवाले नै झोला छाडेको हुन सक्ने र युवाको खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।