मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर २२ आइतबार ०७:०८:००
Read Time : < 1 मिनेट
अर्थ

‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत सिगुले पाए दुई लाख पुरस्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर २२ आइतबार ०७:०८:००

एनसेलले सञ्चालन गरेको नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफरअन्तर्गत पहिलो हप्ताका विजयी चित्रकुमार सिगुलाई एनसेलले बिहीबार नगद पुरस्कार वितरण गरेको छ । योजनाको पहिलो हप्ताका पाँच विजेतामध्येका सिगुले एनसेल सेन्टर कुमारीपाटीबाट २ लाख रुपैयाँ नगद पुरस्कार ग्रहण गरेका छन् । आपूmले पाएको पुरस्कार रकमले बगुंर फार्ममा लगानी गर्ने सिगुले बताए । 

कम्पनीको कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले सञ्चालन १ मंसिरदेखि ‘रिचार्जमा चमत्कार’ योजना सञ्चालन गरेको छ । योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० रुपैयाँ लाख जित्ने मौका पाउने बताइएको छ । 

एनसेलका प्रिपेड र पोस्टपेड ग्राहकले हप्तामा सय वा सयभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक पुरस्कार जित्न सक्नेछन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा योजना सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको भाग्यशाली ग्राहकको घोषणा गरिने बताइएको छ । 

ग्राहकले प्रत्येक सय रुपैयाँको रिचार्जमा एक विशेष कोड एसएमएसमार्फत पाउनेछन् । यसरी प्राप्त कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्न सुरक्षित राख्नुपर्ने हुन्छ ।