१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ मङ्सिर २२ आइतबार १०:१५:००
Read Time : > 1 मिनेट
विश्व

ट्रम्पले किन गरे  ट्रुडोको आलोचना ?

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २२ आइतबार १०:१५:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेलाई द्वैध चरित्रको व्यक्ति भनेका छन् । बेलायतमा आयोजित उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सम्मेलनमा ट्रुडोले ट्रम्पबारे ठट्टा गरेको भिडियो सार्वजनिक भएपछि ट्रम्पले उनलाई द्वैध चरित्रका व्यक्ति भनेका हुन् । ट्रम्पले अचानक प्रेस सम्मेलन आयोजना गर्दा कार्यक्रममा ढिलाइ भएको भन्दै ट्रुडोले व्यंग्य गरेका थिए । 

 ट्रुडोले ट्रम्पलाई व्यंग्य गरेको भिडियोमा के छ ?
क्यानडा ब्रोडकास्टिङ सर्भिस (सिबिसी)ले ट्विटरमा सार्वजनिक गरेको एक भिडियोअनुसार ट्रुडो बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रो, हल्यान्डका प्रधानमन्त्री मार्क रुट र बेलायती राजकुमारी एनसँग बकिंघम दरबारमा गफिएका देखिन्छन् । फुटेजको अगाडि बेलायती प्रधानमन्त्री जोनसनले म्याक्रोलाई प्रश्न गर्छन्, ‘किन तपाईं यति ढिला ?’ त्यसपछि ट्रुडो बीचमा प्वाक्क बोल्छन्, ‘ट्रम्पले पत्रकार सम्मेलनमा नै ४० मिनेट समय लिएकाले म्याक्रो ढिला आएका हुन् ।’ प्रसन्न मुद्रामा देखिएका ट्रुडोले आफूले निष्फिक्री बोलिरहेको विषय कसैले रेकर्ड गर्ला भनेर केही ख्याल गरेनन् ।

 ट्रुडोसँग रिसाए ट्रम्प
आफ्नो आलोचना गरेको थाहा पाएपछि ट्रम्प ट्रुडोसँग रिसाएका छन् । ट्रम्पले ट्रुडोलाई भने, ‘उनी द्वैध चरित्रका व्यक्ति हुन् । तैपनि म उनलाई राम्रो व्यवहार देखाउँछु ।  वास्तविकता यो हो कि मैले क्यानडाले रक्षा मामिलामा व्होर्नुपर्ने दुई प्रतिशत खर्चको विषय उठाएको थिएँ, जसमा उनी खुसी थिएनन् ।’ 

अमेरिकाले नेटोको खर्चका लागि असन्तुलित हिसाबले धेरै योगदान गर्नुपरेको भन्दै अन्य नेटो सदस्य राष्ट्रले पनि उनीहरूले अहिले गरिररहेको खर्चलाई वृद्धि गर्नुपर्ने धारणा राख्दै आएको छ । तर, ट्रुडोले ट्रम्पसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका छन् । ट्रुडोले आफू ट्रम्पको पत्रकार सम्मेलनबारे नभई क्याम्प डेभिडमा हुने अर्को जी ७ सम्मेलनबारे बोलेको बताए । ‘मेरो ट्रम्पसँग राम्रो सम्बन्ध छ,’ उनले भने ।

 बढ्दो असन्तुष्टि
नेटो सदस्य राष्ट्रबीच ऐक्यबद्धताको आह्वान गर्दै दुईदिने सम्मेलन समाप्त भएको छ । नेटोमाथि चीन र रसियाले चुनौती थोपरेको भन्दै अतिवादविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाइएको छ । उत्तरी सिरियामा टर्कीले हालै गरेको सैन्य हमलाबारे चर्को मतभेद देखिएको थियो । सदस्य राष्ट्रहरूको सैन्य खर्चको हिस्सा र फ्रान्सेली राष्ट्रपतिले हालै गरेको टिप्पणीबारे असन्तुष्टि बढेको थियो । म्याक्रोले नेटोको सान्दर्भिकताबारे बोल्दै नेटो वर्तमान अवस्थामा मृतजस्तै रहेको टिप्पणी गरेका थिए । म्याक्रोले टर्कीद्वारा सिरियामा केही समयपहिला गरिएको सैन्य कारबाहीमा नेटो सदस्यबीच समन्वयको अभाव भएको भन्दै नेटोको आलोचना गर्दै आएका छन् ।