१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नवलपरासी
२०७६ मङ्सिर २२ आइतबार ०९:५६:००
Read Time : < 1 मिनेट
प्रदेश

पर्यटक बोक्ने बसबाट एक करोडको अवैध सामान बरामद

Read Time : < 1 मिनेट
नवलपरासी
२०७६ मङ्सिर २२ आइतबार ०९:५६:००

पर्यटक बोक्ने बसबाट प्रहरीले एक करोडबराबरको अवैध सामग्री बरामद गरेको छ । दिल्ली–चितवन चल्ने ना८ख १२०३ नम्बरको बसबाट सो सामान बरामद भएको  जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोलीले सुनवलको भूमही चोकबाट भन्सार छलेर ल्याएका सामान बरामद गरेको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । बसको छतमा सामान लुकाइएको थियो ।

बरामद सामानमध्ये आठवटा कार्टुनमा ५० भन्दा बढी मोबाइल छन् । ३० हजारदेखि एक लाखसम्म पर्ने मोबाइल रहेको प्रहरीले जनाएको छ । यसैगरी, १८ बोरा ट्र्याकसुट र ८ कार्टुन औषधि पनि छन् । बरामद औषधिमध्ये यौनवद्र्धक आयुर्वेदिक औषधि पनि रहेको प्रहरीले जनाएको छ । 

सुनौलीदेखि बुटवल हुँदै भूमहीसम्म राजस्व कार्यालयको चेक पोस्टसहित करिब १० बढी स्थानमा सशस्त्र र नेपाल प्रहरीका चेक पोस्टहरू छन् । ती सबै चेक पोस्ट पार गर्दै बस भूमही पुगेको थियो  ।