मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
संखुवासभा
२०७६ मङ्सिर २२ आइतबार ०७:२१:००
Read Time : < 1 मिनेट
प्रदेश

विप्लव कार्यकर्ता हतियारसहित पक्राउ

Read Time : < 1 मिनेट
संखुवासभा
२०७६ मङ्सिर २२ आइतबार ०७:२१:००

जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव समूह’का कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–८ पोख्राङका ३० वर्षीय यामप्रसाद गौतम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । 

विप्लव समूहका कार्यकर्ता हातहतियारसहित घुमफिर गरिरहेका छन् भन्‍ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको र खोजतलास गर्ने क्रममा गौतम पक्राउ गरेको इन्स्पेक्टर राईले बताए ।

गौतमको गतिविधि शंकाष्पद लागेर नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनको डेरा चैनपुर नगरपालिका–५ दोभानबाट विस्फोटकपदार्थसमेत बरामद भएको प्रहरीले जनाएको छ ।