१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर २१ शनिबार १९:२४:००
Read Time : < 1 मिनेट
समाचार

होटलमा जापानी नागरिक मृत फेला

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २१ शनिबार १९:२४:००

मनाङकाे ङिस्याङ गाउँपालिका-४ को एक होटलमा जापानी नागरिक मृत अवस्थामा भेटिएका छन् । मनाङ गाउँको हिमालयन सिङ्गी होटलमा जापानिज नागरिक पासपोर्ट नम्बर ००४६२६२ का ६७ वर्षीय हिसाको कोरी नाम गरेकी महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी टीकाबहादुर कार्कीले बताए । 

शुक्रबार साँझ पति पत्निसँगै सुतेको र शनिबार बिहान उठाउन खोज्दा पत्नि नउठेपछि पतिले होटल सञ्चालकलाई जानकारी गराएका थिए । होटल सञ्चालकले स्थानीय स्वास्थ्यकर्मीलाई बोलाउँदासम्म ती पर्यटकको मृत्यु भइसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

डिएसपी कार्कीका अनुसार शनिबार बिहान घटना भएपछि शवलाई पोष्टमार्टमका लागि हेलिकप्टरमार्फत शिक्षण अस्प्ताल काठमाडौं पठाइएको छ । मृत्युको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । २ दिनयता मनाङमै रहेका उनीहरू कुनै पथ प्रदर्शक तथा भरियाविना घुम्न आएको बुझिएको छ ।